बुधबार, जेठ २०, २०८३

हुम्लाको तुम्लिङमा १२ जना हिमपातमा फसे

पदयात्राका लागि हुम्लाको हिल्सा र लिमी उपत्यका गएका चार विदेशीसहित १२ जना तुम्लिङको हिमपातमा फसेका छन्।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

सुर्खेत– पदयात्राका लागि हुम्लाको हिल्सा र लिमी उपत्यका गएका चार विदेशीसहित १२ जना तुम्लिङको हिमपातमा फसेका छन्। हुम्ला पुगेका स्लोभेनियाका चार पर्यटक, तीन जना टुरगाइड र पाँच जना स्थानीय नागरिक नाम्खा गाउँपालिका–६ को लिमी क्षेत्रको तुम्लिङमा फसेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। 

National life

पदयात्रा सकेर सिमकोट फर्कंदै गर्दा बाक्लो हिमपात भएपछि मंगलबारदेखि तुम्लिङमा फसेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।

‘हिमपात भएपछि न्यालु लेकको बाटो अवरुद्ध भएको छ’, आचार्यले भने, ‘चारजना पर्यटकसहित १२ जना नागरिक तुम्लिङमा फसेका छन्।’ उनीहरुको उद्दारका लागि प्रशासनले बुधबार नै गृह मन्त्रालयले पत्राचार गरेको तर बुधबार मौसम सफा नभएपछि उद्धार हुन नसकेको आचार्यले बताए।

 ‘हामीले बुधबार नै हेलिकोप्टरबाट उद्दार गर्न भनेको थियौं’, उद्धारमा एयर डाइनेस्टीको हेलिकोप्टर आउने कुरा थियो’, आचार्यले भने, ‘तर मौसम सफा नभएपछि उद्धार हुन सकेन।’ तुम्लिङमा केही होटल छन्।

हिमपातमा फसेका पर्यटकसहितका नागरिक तुम्लिङमै सुरक्षित छन्। हिमपात नफाटे आज दिउँसोसम्म उद्धार हुनसक्ने आचार्यले बताए। तुम्लिङबाट सिमकोट आउने मुख्य बाटो न्यालु लेकमा बाक्लो हिमपातका कारण चार दिनदेखि अवरुद्ध छ। हिमपातमा फसेका नागरिक टे«किङका लागि असोज २२ गते सिमकोट हुँदै हिल्सा पुगेका थिए।

Shivam cement

प्रकाशित: Oct 21, 2021| 11:09 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।