बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्षतिको निरीक्षण गर्न आज सुदूरपश्चिम जाँदै प्रधानमन्त्री देउवा

क्षतिको निरीक्षण गर्न आज सुदूरपश्चिम जाँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जाँदैछन्।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र  सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जाँदैछन्। उनी काठमाडौंबाट सुर्खेत जानेछन्। सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ।

उनी अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायरलाई लिएर निरीक्षणमा जान लागेका हुन्। त्यस क्रममा देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन्।

मनसुनपछिको वर्षासँगैको बाढीपहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ। सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो। देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन्।

प्रकाशित: Oct 21, 2021| 08:50 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।