शनिबार, चैत ७, २०८२

शिक्षक महासंघले २८ कात्तिकदेखि सडक आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले कार्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारीलाई काठमाडौंमा उपस्थित गराई दबाबमूलक सडक आन्दोलन गर्ने जनाएको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं- नेपाल शिक्षक महासंघले  कार्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारीलाई काठमाडौंमा उपस्थित गराई दबाबमूलक सडक आन्दोलन गर्ने जनाएको छ।  बुधबार शिक्षा,विज्ञान तथा प्रविधि  मन्त्री देवेन्द्र पौडेललाई ३४ सूत्रीय माग राख्दै गत बैशाख २० गतेबाट निरन्तर आन्दोलन गरिरहेको महासंघले शिक्षकका मागका विषयमा ज्ञापनपत्र बुझाउँदै शिक्षकका माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो।  

National life

महासंघले २०७५ फाल्गुण ९ गते शिक्षा मन्त्रालय र ने.शि.महासंघ बीच भएको सहमती कार्यान्वयन नभएको भन्दै यसलाई कार्यान्वयन नगर्दा स्थायी ,अस्थायी करार, राहत, बालकक्षा, साविक उमावि लगायतका सबै प्रकारका शिक्षकहरु तथा विद्यालय कर्मचारीका महत्वपूर्ण सम्झौता त्यसै अलपत्र परेको ज्ञापनपत्रमा उल्लेख गरेको छ। 

महासंघले विद्यालय कर्मचारी र बालकक्षा शिक्षकहरुको  पारिश्रमिक,आ.व. २०७८/०७९ को बजेटले गरेको तलब बृद्धि समेत उनीहरुले नपाएको, विद्यालय कर्मचारी भित्र पनि लेखापालको छुट्टै तलवमान हुनु पर्ने,  निजामती सेवा र शिक्षकहरु बीचमा भएको विभेद हटाउनु पर्ने, स्वास्थ्य बिमा, दुर्घटना विमा तथा १० दिने भ्रमण काजको प्रबन्ध शिक्षकहरुका लागि पनि राज्यले अविलम्ब घोषणा गर्नुपर्ने, शिक्षक अस्पतालको कुरा बजेटमा आए पनि त्यसबारे बजेट विनियोजन सहित प्रष्टता आवश्यक रहेको जस्ता मागका बिषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो।    

महासंघले  देशको शिक्षा क्षेत्र समस्याग्रस्त बन्दै गएको भन्दै  सबै प्रकारका शिक्षक र कर्मचारीका समस्या सम्बोधन गरी देशको शिक्षालाई अग्रगति दिन राज्य र ने.शि. महासंघ बीच भएका सबै सम्झौता तथा मागहरुलाई सम्बोधन हुने गरी नयाँ राष्ट्रिय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ।

प्रकाशित: Oct 21, 2021| 08:13 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्