बिहीबार, भदौ ४, २०८३

काठमाडौंमा बिहानै घाम लाग्यो, आज कहाँ-कहाँ पर्छ पानी?

पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ। न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लो बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं- पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ। न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लो बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ।  

बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ। बिहीबार बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ।

दिउँसो भने केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ। महाशाखाका अनुसार  दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ। 

शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ।  प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ।  

प्रकाशित: Oct 21, 2021| 07:14 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।