बिहीबार, भदौ ४, २०८३

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी दुघर्टना भएको हो।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका-५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी दुघर्टना भएको हो। सो घटनामा परी बोलेरो चालक चौरीदेउराली गाउँपालिका-४ बस्ने वर्ष ४९ का कमल श्रेष्ठ घाइते भई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा बिहिबार बिहान निधन भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार गाडी सडकबाट अन्दाजी ३०० मिटर तल खसेको छ। शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए। मृतक श्रेष्ठ चौरीदेउराली गाउँपालिका-४ छेडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको जनाएको छ।  -रासस

प्रकाशित: Oct 21, 2021| 08:59 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।