शुक्रबार, कात्तिक २८, २०८२

मुख्यमन्त्री शाक्यले आजै विश्वासको मत लिने, यस्तो छ अंकगणित

बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकबाट अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनेछ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं- बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकबाट अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनेछ। प्रदेशसभा सचिवालयले विश्वासको मत लिनका लागि आन्तरिक तयारी गरेको जनाएको छ। 

National life

सत्तारुढ नेकपा एमाले संसदीय दलले बिहिबारको प्रदेशसभा बैठक सार्न आग्रह गरे पनि बैठक बस्ने भएको हो। विपक्षी गठबन्धनले सदन चलाएर मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरेको छ। सोहिबमोजिमत आज मत विभाजन हुने भएको छ। आफूहरुको आग्रहविपरित बैठक राखेपनि बैठक उपस्थित भएर संसदीय प्रक्रियामा भाग लिने एमाले प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताए। 

मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा-१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव पेश गरेकी थिइन्। तर, विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो नलागउँदा दलहरुबीचको सहमतिमा प्रदेशसभाको बैठक सारिएको थियो। 

गत २ भदौमा मुख्यमन्त्री नियुक्त हुनु भएकी शाक्य एमाले विभाजनपछि अल्पमतमा परेकी हुन्। बागमतीको प्रदेश सभामा एक सय नौ सदस्य रहेकोमा बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ। पार्टी विभाजनपछि प्रदेश सभामा एमालेका ४३ सांसद छन्। बागमती प्रदेश सभामा माओवादी केन्द्रको २३, कांग्रेसको २२, नेकपा एकीकृत समाजवादीका १३ सांसद छन्।

प्रकाशित: Oct 21, 2021| 10:05 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।