शनिबार, चैत ७, २०८२

विद्यालय पुनःनिर्माणका लागि १ अर्ब ३३ करोड अपुग, काम नरोक्न मन्त्री पौडेलको निर्देशन

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न एक अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं– विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न एक अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ।

National life

गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका पुनःनिर्माणका लागि रकम अपुग भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ब्रिफिङ गरेका छन्।

मन्त्री पौडेललाई बुझाइएको विवरण अनुसार हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत पाँच हजार ५६४, निर्माण व्यवसायीमार्फत ३७७, गैरसरकारी संस्थाबाट ७०३ गरी छ हजार ६४७ विद्यालय पुनःनिर्माण भएका छन्।

विद्यालय व्यवस्थापन समितिबाट ४९६, निर्माण व्यवसायीमार्फत ३५२, गैरसरकारी संस्थाबाट ८८ गरी ९३६ विद्यालय निर्माणाधीन अवस्थामा रहेका छन्। एकाइ निर्देशक डा युवराज पौडेलले एसियाली विकास बैंकको ऋणबाट साझेदार संस्थाले आठ जिल्लाका १५४ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न गरेको छ।

जापान सरकारको अनुदानमा आठ जिल्लामा आठ विद्यालय भवन पुनःनिर्माण गरेको छ। जाइकाको ऋण सहयोगमा छ जिल्लाका २१९ विद्यालय भवन पुनःनिर्माण गरेको छ। सत्र विद्यालय भवन पुनःनिर्माणको चरणमा रहेको आयोजना प्रमुख रामशरण सापकोटाले जानकारी दिए। हाल १४ जिल्लाका २०९ विद्यालयमध्ये ५९ वटा पुनःनिर्माणको काम सम्पन्न भएको छ।  एडिबीको ऋण सहयोगमा ११३ वटा विद्यालय निर्माणाधीन र ३७ वटा थप बोलपत्र आह्वान भएको छ।

सोही आयोजनाले ५२ वटा रेट्रोफिटको काम सकेको छ भने ९१ वटा सम्झौता गरेको छ। भारत सरकारले ७० विद्यालय र एक पुस्तकालय पुनःनिर्माणको जिम्मा लिएपनि आठवटा सम्पन्न गरेको छ। छपन्न वटा निर्माणाधीन अवस्था रहेका छन्। छ वटा विद्यालयको सम्झौता भई निर्माण कार्य सुरु भएको छ।

इण्डियन इएसएम बैंकले १४ जिल्लाका ३८ आंशिक क्याम्पस भारत सरकारको ऋणमा काम गर्ने सहमतिअनुसार पाँच प्रतिशतमात्र काम गरेको छ। साउदी फण्डले पाँच जिल्लाका २५ विद्यालयको पुनःनिर्माणको जिम्मा लिएकामा ६० प्रतिशत काम सकेको छ।

यस्तै एसएमसीले सरकारको सहयोगमा ३१ जिल्लाका छ हजार ६० विद्यालय निर्माणको  जिम्मा लिएकोमा ९० प्रतिशत काम सकेको छ।

Laxmi sunrise bank
kumari

सोही आयोजनाले ३१ जिल्लाका दुई हजार ९५९ ब्लक जिम्मा लिएकामा ९० प्रतिशत काम सम्पन्न गरेको बताइएको छ। सोही आयोजनाले ३१ जिल्लाका एक हजार ६७० विद्यालयमा खानेपानी व्यवस्था गर्ने जिम्मा लिएकामा चालु आवसम्म ९० प्रतिशत काम सम्पन्न गरेको आयोजनाले जनाएको छ।

मन्त्री पौडेलले अपुग रकमका लागि अर्थ मन्त्रालय र अन्य दातृ निकायसँग छलफल गरेर रकम जुटाउन पहल हुने भएकाले काम नरोक्न निर्देशन दिएका छन्।

यसैबीच मन्त्री पौडेलले  कक्षा १० सम्मका पाठ्यपुस्तकको रंगीन छपाइ गरी समयमा सबै जिल्लामा पठाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन्। ब्रिफिङका क्रममा केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सवारी साधनको अभाव, विकसित सामग्री विद्यालयमा पुर्याउने समस्या, पाठ्यक्रममा सरोकारवालाका मागअनुसार विषयवस्तु समावेश गर्न नसकिएको अवगत गराएका थिए।

प्रकाशित: Oct 21, 2021| 07:30 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्