तिहारको रमझम सुरु भएको छ। मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरूले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षक रूपमा सजाएका छन्।
सात गाउँपालिका रहेको हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको ३ रोकाया गाउँमा मुहान सुकेको २० वर्षपछि खानेपानी निस्किदा स्थानीय खुसी भएका छन्।
इंग्लिस क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा पाहुना टिम एट्लेटिको मड्रिडलाई हराउँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ मा सहभागी राष्ट्र प्रमुखहरूले जलवायु परिवर्तनको विषयलाई निकै नै गम्भीरतापूर्वक लिएका नेपालको तर्फबाट बैठकमा सहभागी प्रतिनिधि मण्डलका सदस्यले बताएका छन्।
हिन्दु धर्माबलम्बीहरूले यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाई रहँदा जनकपुरधाममा हनुमान जयन्तीको पनि रौनकता देखिएको छ। हनुमान जयन्ती साधु सन्तले भगवान् हनुमानको पूजा आराधना गरी मनाउँदैछन्।