बुधबार, भदौ ३, २०८३

सयपत्रीको खेतीबाट फूलमा आत्मनिर्भरतर्फ तीन युवा

तिहारको रमझम सुरु भएको छ। मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरूले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षक रूपमा सजाएका छन्।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

पोखरा- तिहारको रमझम सुरु भएको छ। मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरूले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षक रूपमा सजाएका छन्। 

हरेक वर्ष अत्यधिक माग हुने सयपत्री फूलको आयातलाई केही हदसम्म भए पनि रोक्न पोखरा र चितवनका तीन युवाले यस वर्ष पनि व्यावसायिक फूल खेती गरेका छन्। समृद्धि कृषि क्रान्तिबाट सम्भव छ भन्ने सोचका साथ कृषिकर्ममा लागेका तीन युवाले तनहुँको फिरफिरेमा सयपत्री फूलको व्यवसायमा निरन्तरता दिएका हुन्।

डेढ करोडको लागतमा ६० रोपनी जग्गा भाडामा लिएर कृषि कर्ममा लागेका युवाले अहिले तीन रोपनीमा मखमली र सात रोपनीमा सयपत्री फूल उत्पादन गरेर बिक्री वितरण सुरु गरेका छन्। यमपञ्चक सुरुसँगै अहिले फार्ममा फूल खरिदका लागि ग्राहक पुग्ने गरेका छन्। 

एउटै सोच र एउटै लक्ष्यका साथ पाइला चालेका पोखरा सिम्पानीका मानवकल्याण पराजुली, मालेपाटनका मदन पौडेल र चितवनका सचिन भण्डारीले साढे दुई वर्षदेखि संयुक्त रूपमा फिरफिरे अग्र्यानिक एग्रिकल्चर फार्मलाई सञ्चालनमा ल्याएका हुन्। सो फार्ममा अहिले तिहारे फूलअर्थात् सयपत्री फूल र मखमली फूल  ढकमक्क फूलेका छन्। 

एग्री बिजिनेसमा एमबीए गरेका युवा पौडेलले तिहारे फूलका लागि बर्सेनि करोडौं रुपैयाँ भारत जाने समाचारले दुःखी बनाएको भन्दै व्यावसायिक फूल खेतीमा जोड दिएको बताए। 

यमपञ्चक सुरु भएसँगै अहिले उनीहरूको व्यस्तता पनि निकै बढेको छ। तिहारको मुखमा बढ्दो सयपत्री फूलको मागलाई व्यवस्थापन गर्न र लगानीलाई मुनाफामा परिणत गर्न युवा आफ्नो जिम्मेवारी बहन गर्न व्यस्त रहेका छन्। एग्री बिजिनेसमा एमबीए गरेका युवा पौडेलले तिहारे फूलका लागि बर्सेनि करोडौं रुपैयाँ भारत जाने समाचारले दुःखी बनाएको भन्दै व्यावसायिक फूल खेतीमा जोड दिएको बताए। 

उनले भने, 'आफ्नै खेतबारीमा उत्पादन गर्न सक्ने फूलमा पनि हामी परनिर्भर छौं, सबैले प्रयास गरे यो रकम देशमै रोक्न सकिन्छ।' उनले बर्सेनि बाहिरिने रकमलाई केही मात्रामा भए पनि देशभित्रै जोगाउने प्रतिबद्धता साथ व्यावसायिक फूल खेती गर्दै आएको बताए। 

बीबीए गरेर कृषि कर्ममा लाग्नुभएका अर्का युवा पराजुलीले चार लाखको लगानीमा १० हजार फूलका बेर्ना सारेको भए पनि यसपालि बेमौसमी वर्षाले गर्दा सबै बेर्ना जोगाउन नसकेको बताए। उनले भने, 'यसपालि फूलको बेर्ना भारी वर्षाका कारण जोगाउनै समस्या भयो, फूलको ‘इन्स्योरेन्स’ पनि रहेनछ।'

पराजुलीले कृषिको अन्यमा जस्तै प्लोरिकल्चरको पनि ‘इन्स्योरेन्स’ को व्यवस्था हुनुपर्ने बताए। 'प्लोरिकल्चरमा इन्स्योरेन्सको व्यवस्था भयो भने आगामी दिनमा व्यावसायिक फूलप्रति पनि कृषकको आर्कषण अझै बढ्ने थियो', पराजुलीले भने। यसपालि सात लाखसम्मको फूलको व्यापार हुने अनुमान गरिएको उनको भनाइ छ।  

'हाम्रो देशको माटो कृषिका लागि उर्बर मानिन्छ तर कृषिप्रति युवाको रुचि बढ्न सकेको छैन, सरकारले पनि त्यस्ता कार्यक्रम ल्याएको छैन।' 

पराजुलीका अनुसार सयपत्री फूलको मालाको आकार हेरेर १५० देखि ३०० सम्म बिक्री भइरहेको गरिएको छ। त्यसैगरी एक किलो फूलको ५०० देखि ६०० सम्म थोक तथा खुद्रा बिक्री गरिएको छ। मखमली फूलको भने ५० देखि १०० सम्ममा बिक्री गरिएको छ। फूलको माला बनाउनका लागि फार्ममा केही महिलालाई ज्यालादारी काममा लगाइएको पराजुलीले बताए।  

सरकारले प्रविधिमैत्री कृषि प्रणालीमार्फत कृषि पेसाप्रति युवालाई आकर्षित गर्न सके देश छिट्टै समृद्धिको बाटोमा जाने अर्का युवा भण्डारी बताउँछन्। हर्टिकल्चरमा स्नातक गरेका भण्डारीले देशका युवामा कृषिप्रतिको दृष्टिकोणनै सकारात्मक बन्न नसकेको बताए। 'हाम्रो देशको माटो कृषिका लागि उर्बर मानिन्छ तर कृषिप्रति युवाको रुचि बढ्न सकेको छैन, सरकारले पनि त्यस्ता कार्यक्रम ल्याएको छैन', उनले भने। उनले सबै मिलेर बाँझो जमिनलाई हराभरा गराउने सके कृषिजन्य आयातित वस्तुलाई विस्थापन गर्न समय नलाग्ने बताए।  

भण्डारीका अनुसार अहिले फार्ममा सयपत्री र मखमली फूलसँगै मेवा, कुरिलो, धानखेती, माछापालन र मौसमअनुसारको तरकारीको खेती गरिएको छ। उनले यसपालि अन्य किसानलाई पनि व्यावसायिक फूलखेतीमा प्रोत्साहित गरेर त्यसको बजार व्यवस्थापनको जिम्मासमेत आफूहरूले लिने बताए। 

'फूल आयातका लागि विदेशिने रकम रोक्न हामीले आसपासका फार्ममा फूलखेती गर्न अन्य किसानलाई प्रोत्साहित गर्‍यौं, त्यसको बजार व्यवस्थापनको जिम्मा पनि हामीले लिएका छौं', उनले भने। उनले फूल भण्डारणका लागि पनि आफूहरुसँग चिस्यान केन्द्र रहेको जानकारी दिए।

- रासस

प्रकाशित: Nov 04, 2021| 11:09 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।