सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एट्लेटिकोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा

एट्लेटिकोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा

इंग्लिस क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा पाहुना टिम एट्लेटिको मड्रिडलाई हराउँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं- इंग्लिस क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा पाहुना टिम एट्लेटिको मड्रिडलाई हराउँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो।

लिभरपुलको जितका लागि डिएगो जोटा र साडियो मानेले १–१ गोल गरे। दुवै पटक ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले दिएको पासको सदुपयोग गर्दै लिभरपुलले समूह बी मा १२ अंक बनाएको हो।

समूहमा शीर्षस्थानको लिभरपुल दोस्रो स्थानको पोर्टोभन्दा ७ अंकले अघि छ। गएराति नै पराजित एट्लेटिकोको भने ४ अंक छ।

समूह बी अन्तर्गतकै बुधबार राति सम्पन्न पोर्टो र मिलानको खेलमा १–१ गोलको बराबरी भएपछि यी दुवै टिमले अंक बाँडेका थिए। जहाँ चौथो खेलमा १ अंकका साथ खाता खोलेको मिलान समूहको पुछारमा छ।

अब समूहमा सबैले २–२ खेल खेल्न बाँकी छ। त्यस्तो अवस्थामा ५ अंक भएको पोर्टो र ४ अंक भएको एट्लेटिकोले लिभरपुललाई भेट्टाउने छैनन्। त्यसैले लिभरपुल समूह विजेता भएर अर्को चरणमा प्रवेश गरेको हो।

गएरातिकै खेलमा डच क्लब आयाक्सले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराएको छ। यससँगै आयाक्सले पनि अर्को चरणमा स्थान पक्का गर्ने बलियो सम्भावना बनाएको छ।

प्रकाशित: Nov 04, 2021| 07:52 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।