काठमाडौ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई गफाडीको संज्ञा दिएका छन्।
मध्यपुर थिमिमा पार्टी नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिले ओली नेतृत्वको एमाले गफाडीको जमात भएको टिप्पणी गरेका छन्। गफाडीको कामै खिसिट्युरी गर्ने भएको उनको भनाइ छ।
ओलीकै शब्द र स्वरमा क्यारिकेचर गर्दै अध्यक्ष नेपालले भने, ‘अस्ति भर्खर रौतहटमा १५ हजार मान्छेको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम भयो। हाम्रा विरोधी भनिनेहरू खिसिट्युरी गर्दै थिए, ‘कति मान्छे आउँलान र जम्मै कुर्सी नै खाली होला’ भन्या थे। जब त्यहाँ १५ हजार मानिस ओर्लिए। दुई हजार मोटरसाइकल सडकमा कुद्न थाले। पूरा जिल्लामा तरंग पैदा गर्यो। सातो गएछ तिनीहरूको।’
काम कम गर्ने र गफ बढी गर्ने ओली प्रवृत्तिलाई गाउँघरमा गफाडी भनिने बताए। 'हामी कामकाजी हौं। विराटनगर मोरङमा पनि दुई हजार आउलान कि भन्ने थियो, सात हजार मान्छे आइदिए। सोचेको भन्दा पनि आकर्षण छ। कैलाली, कञ्चनपुर, पोखरा, स्याङ्जा पुगेको थिए नयाँ तरंग छ,’ उनले भने।