आइतबार, वैशाख ७, २०८२

कागे मेला र धापपोखरीले ल्याएको खुसी [फोटोफिचर]

हरेक वर्ष इलामको सन्दकपुर गाउँपालिकामा हुँदै आएको कागे मेला गत कोरोना महामारीका कारण हुन सकेन।
 |  बिहीबार, कात्तिक १८, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, कात्तिक १८, २०७८

vianetvianet

इलाम- हरेक वर्ष इलामको सन्दकपुर गाउँपालिकामा हुँदै आएको कागे मेला गत कोरोना महामारीका कारण हुन सकेन। इलामको उत्तरी क्षेत्रमा हुने कागे मेलाले तिहारको बहार लिएर आउँथ्यो। गत वर्ष कोभिड १९ का कारण मेला हुन सकेन। यो वर्ष भने स्थिति केही सहज भएपछि गाउँपालिकाले मेला अयोजना गर्ने अनुमति दियो। तर अनुमतिमा मेला गाउँपालिकास्तरीय मात्र गर्न निर्देशन थियो।

triton college

विगत ३३ वर्षदेखि हरेक वर्ष ठूलो फुटबल प्रतियोगिता र केही वर्ष अघिदेखि अन्तर्राष्ट्रिय आमन्त्रणसमेतमा प्रतियोगिता हुने गरेको थियो। तर कोभिडका कारण यो वर्ष गाउँपालिकास्तरीय प्रतियोगिता गराउनु पर्ने भयो । सोही अनुसार आयोजकले सहभागिताको लागि आह्वान गर्‍यो।

त्यसमाथि यो वर्ष मेला नयाँ ठाउँमा लागेको छ। स्थानीय तोयानाथ भट्टराईले जुमनाको मुटुमा रहेको आफ्नो १४ रोपना जग्गा दान दिने भएपछि डेढ वर्ष अघिबाट त्यहाँ मैदान बनाउन सुरु गरिएको थियो।

‘हामीलाई मैदान बनाउन जग्गा चाहिएको थियो। त्यसैले हामीले वडामा समन्वय गर्‍यौं। पछि तोयानाथजी मैदान दिन तयार हुनुभयो,’ गाउँपालिका अध्यक्ष उदय राईले भने, ‘त्यसपछि हामीले उहाँले दान दिएका जग्गा सँगैको थप १० रोपनी जग्गा खरिद गरेर मैदान बनायौं।’

मैदान बनाउने थप जमिन चाहिने भएकाले स्थानीय छविनाथ भट्टराईबाट पाएको रोपनी अनुदानमा मैदान अहिलेको अवस्थामा आइपुगेको अध्यक्ष राई बताउँछन्।

National life insurance
महिलाहरुको प्रतियोगिता कम हुने अवस्थामा कागे मेलाले महिला प्रतियोगितालई प्रोत्साहित गर्ने गरेको छ।

मैदानमा महिला र पुरुषतर्फ दुवैको फुटबल प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा महिलातर्फ माइपोखरी सिमसार स्पोर्टिङ क्लबले मिरिक फुटबल क्लबलाई ४-१ गोलले हराउँदै उपाधि कब्जा गरेको छ।

महिलाको प्रतियोगिता कम हुने नेपालमा कागे मेलाले भने स्थानीय महिलाको खेल रुचिलाई प्रोत्साहित गर्ने गरेको उच्च सभागिताले पुष्टि गर्छ। प्रतियोगितामा सन्दकपुर गाउँपालिकाकै चार महिला फुटबल टोली सहभागी थिए।

माइभ्याली गोल्डकपपछि इलामकै प्रतिष्ठित यस प्रगियोगिताबाट जन्मिएका छिरिङ गुरुङ, दर्शन गुरुङ, लोकबन्धु गुरुङजस्ता खलाडीले राष्ट्रिय फुटबल टिममा स्थान बनाएका छन्।

त्यस्तै, पुरुषतर्फको फुटबल फाइनलमा माबु र आयोजक जुमना फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरे। जहाँ दोस्रो हाफको सुरुआतमा गोल गर्दै जमुनाले घरेलु मैदानमा माबुलाई हराएर उपाधि जित्यो। उपाधिसहित जमुनाले ५० हजार रुपैयाँसमेत हात पारेको थियो।

यो वर्षका कागे मेला त्यतिमा मात्र सीमित रहेन। नयाँ मैदानका साथ धापपोखरीले पनि मेलालाई साथ थिएको छ। स्थानीयले नै अनुदानमा दिएको ५५ रोपनी जग्गामा अहिलो धापपोखरी बनाइएको छ।

पहिले बोटिङको सुविधा भए पनि यो वर्ष कोभिडका कारण बोट थन्किँदा बिग्रिन पुगेको स्थानीय अर्जुन खान बताउँछन्। ‘बोट मर्मत गर्नुपर्ने अवस्थामा छ। मेला पनि यो वर्ष अस्तिको बाढीपहिरो र कोभिडको कारण सीमित रुपमा गरियो। अर्को वर्षदेखि पहिलेको भन्दा धेरै भव्य हुन्छ,’ उनल भने।  उनका अनुसार अहिले नयाँ ठाउँमा मेला सुरु भएको छ।

कोभिड महामारीअघि नै कागे मेलामा धरानपूर्वका ठूलो फुटबलको उपस्थिति हुने गर्दथ्यो। नाम चलेका धरान क्लब, झापा ११, माइभ्याली क्लब, दार्जिलिङ फुटबल क्लब, मानेभञ्ज्याङ क्लब, मिरिकलगायतका स्थानबाट क्लबको सहभागिता हुने गरेको थियो। कागे मेलामा खेल्न आउँथे।

यसरी सुरु भयो मेला

स्थानीयका अनुसार मेला २०२५-३० सालबाट सुरु भएको हुनुपर्छ। र, मेलाको संस्थापकका रुपैमा सबैले खिमराज गुरुङको नाम लिने गरेका छन्।

 ‘त्यतिबेला यसो भेला हुने, रमाइलो गर्ने, युवायुवती गानाबजाना गर्ने गर्दै गर्दा पनि मेलाको रुपमा विकसित भएको मैले सुनेको हुँ। त्यहीं भेला भएका मानिसलाई खिमराजले फुटबल प्रतियोगिता गराउँथे।’

उनी उदार मनका र बालबच्चा भेला गरेर फुटबल खेलाउँथे। त्यसमाथि तिहारको रौनक लाग्दै गर्दा उनले यस्तो खेल गराउँथे। उनी पञ्चायत कालमा उप-प्रधानपञ्चसमेत थिए। यसकारण गाउँमा उनको प्रभुत्व पनि राम्रो थियो।

कागे मेला मूल समारोह समितिका सचिव पदमा रहेर काम गरिसकेका तारा न्यौपानेले सुनाए, ‘त्यतिबेला यसो भेला हुने, रमाइलो गर्ने, युवायुवती गानाबजाना गर्ने गर्दै गर्दा पनि मेलाको रुपमा विकसित भएको मैले सुनेको हुँ। त्यहीँ भेला भएका मानिसलाई खिमराजले फुटबल प्रतियोगिता गराउँथे।’

त्यतिबेला, खेल गराउँदा शिल्ड राख्ने चलन थियो। कसैकसैले मृत्यु भइसकेका बाबुआमाका नाममा शिल्ड राख्थे र खेल खेलाउँथे। गाउँस्तरको प्रतिस्पर्धा हुन्थ्यो।

कपचाहिँ जसले तीन वर्ष लगातार जित्छ, उसले लान पाउँथ्यो। नभए सिजनको बिजेता हुन्थ्यो। जमुनामा फुटबलको सुरु यसरी नै भएको हो।

‘यसले पछि गएर मात्र कागे मेलाको नाम पाएको हो। त्यतिबेला खेल चाहिँ काग तिहार पछि मात्र हुन्थ्यो,’ न्यौपानेले भने, ‘काग तिहारबाट सुरु हुने भएर कागे मेला हुन थालेको हो।’

पहिले मावु, जमुना, माइमझुवा, सुलुबुङलगायतका ठाउँको क्लबको सहभागितामा खेल हुन्थ्यो। दुई तीन दिन खेल गराएपछि प्रतियोगिता सकिन्थ्यो। तर अहिले चाहिँ प्रतियोगितामा जिल्लाभरिका धेरै टिम प्रतिस्पर्धामा हुन्छन्। त्यसैले काग तिहारपछि भाइटीकासम्ममा खेल नसकिने भएकाले यमपञ्चकको पहिलो दिन खेल सकिनेगरी मेला आयोजना हुने गरेको छ।


 


प्रकाशित: Nov 04, 2021| 10:55 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।