सुन्दर सिंह धामी
दार्चुला-दार्चुला जिल्लाकोको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आज राति हुने जात्राको तयारी तीव्र भएको छ। कात्तिक शुक्ल चतुर्दशीका दिन हुने यस जात्रालाई जिल्लाकै ठूलो जात्राका रूपमा मानिन्छ।यस अवसरमा लाखौं भक्तजन र दर्शनार्थीहरूको भीड जुट्ने अपेक्षा गरिएको छ, जसको सुरक्षा र व्यवस्थापनका लागि जिल्ला प्रशासन र सुरक्षा निकायहरूले कडा प्रबन्ध गरेका छन्।
आखिर केछ मालिकार्जुन मन्दिरको महिमा
दार्चुला जिल्लाको मालिकार्जुन मन्दिर एक प्रसिद्ध धार्मिक स्थल हो जसले क्षेत्रीय मात्र नभएर राष्ट्रिय महत्त्व पनि राख्दछ। यो मन्दिर हिन्दू धर्मका भक्तजनहरूको लागि विशेष महत्व राख्दछ, र यहाँको मुख्य पूजा इष्टदेव मालिकार्जुनको पूजा अर्चना गर्दै भक्तजनहरूले आशीर्वाद प्राप्त गर्ने गर्दछन्। मालिकार्जुन मन्दिरको पूजा विधि र परम्परामा धार्मिक सांस्कृतिक धरोहरको सङ्ग्रह गरिएको छ, जसले यहाँको धार्मिक र सांस्कृतिक आस्था अझ गहिरो बनाएको छ।
मन्दिरको स्थिती र इष्टदेवको महिमा निकै महत्त्व र विशेष छ, जसले यो स्थानलाई एक प्रमुख रास्ट्रीय धार्मिक धामको रूपमा स्थापित गरेको छ। यहाँको वातावरण अत्यन्तै शान्त र भक्तिपूर्ण छ। यहाँ आयोजित हुने जात्रा र अन्य धार्मिक अवसरहरूले यहाँका स्थानीय समुदायलाई मात्र नभएर देश बिदेशका अन्य श्रद्धालुहरूलाई पनि आकर्षित गर्छ।मालिकार्जुन मन्दिर रास्ट्रको सातौं धामको नामबाट परिचित भएकोछ । यसको महिमा यति सम्मको छ कि निसन्तानी लाई सन्तान प्राप्त गराउने ,निर्धनिलाइ धन उत्पन्न गराउने । जो मान्छे जे भक्तिभाव लिएर आएको हुन्छ उस्ले चिताएको हुने १५ दिन सम्म जाड रक्सी, मासु,मसुर, लसुन,प्याज केही नखाएर स्वच्छ व्रत बसेर आएका श्रद्धालु भक्तजनको फलिफाप हुने मालिकार्जुन गाउपालिका वडा नं १ ठाडिधारका ८५ बर्षिय इन्द्र सिंह धामीले बताए।

कडा सुरक्षा व्यवस्थाका साथ जात्राको तयारी
दार्चुला जिल्लाको मालिकार्जुन मन्दिरमा हरेक वर्षको कात्तिक शुक्ल चतुर्दशीका दिन आयोजित हुने जात्रा धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यस आसपासका गाउँहरूका साथसाथै अन्य स्थानबाट पनि कम्तिमा ३० हजार श्रद्धालुहरू सहभागी हुने गर्दछन्। जात्राको अवधीभर मदिरा र जुवातास पूर्णरूपमा निषेध गरिएको छ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले कार्तिक १२ गतेदेखि शैल्यशिखर नगरपालिकाका वडा नम्बर ५, ६ र ७ भित्र मदिरा ओसारपसारमा प्रतिबन्ध लगाएको छ। यसका साथै, सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउनका लागि स्थानिय प्रशासन र सुरक्षा अधिकारीहरूले विभिन्न कदम उठाएका छन्।
मदिरा सेवन र जुवा नियन्त्रण
दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौरव महतका अनुसार, जात्राको समयमा मदिरा सेवन गर्नेलाई नियन्त्रणमा लिइ कारबाही गरिनेछ। उनले भने, ूहामीले जात्रामा मदिरा सेवन गरेर होहल्ला गर्ने, अश्लील व्यवहार गर्ने र सार्वजनिक शान्ति भङ्ग गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिने छौं।यसका अलावा, लागूऔषध र मदिराजन्य पदार्थहरूको सेवन रोक्नका लागि प्रहरी एकदमै कडा निगरानी राख्ने छन्। जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूले यसअघि नै स्थानिय पसलहरूमा खोजतलास र निगरानी गर्ने र नागरिकका झोला तथा खल्तीसमेत चेकजाँच गर्ने प्रक्रिया शुरू गरिसकेका छन्।
३ सय सुरक्षाकर्मी परिचालन
जात्रामा भाग लिन आउने भक्तजन र यात्रुहरूको सुरक्षाका लागि कुल ३ सय जति सुरक्षाकर्मी परिचालन गरिने छ। यसमा ४ जना प्रहरी निरीक्षक र १ सय ६० जना प्रहरी जवानहरू सहित सशस्त्र प्रहरी बलका १ सय ४० जना जवानहरू तैनात हुने प्रहरी प्रमुख डिएसपी महतले जानकारी दिएका छन्। सादा पोसाकका प्रहरी र ट्राफिक प्रहरी पनि सुरक्षा व्यवस्थामा खटिनेछन्, यी सबै गरेर जात्रा अवधी भरिमा ४ सय जति सुरक्षा कर्मी खटिने छन। ताकि कुनै प्रकारको अव्यवस्था र अप्रिय घटनाहरू हुन नपाउन् भनेर यत्रो बन्दोबस्त गरेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ,उन्ले भने जात्राको समयमा कुनै प्रकारको शान्ति भंग नगर्नु र समाजमा असुरक्षा फैलाउन नदिने उद्देश्यले कडा निगरानी राखिनेछ। ूहामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ र यसमा ४ सय भन्दा बढी सुरक्षा कर्मीहरूको सहभागिता रहनेछ।
होल्डिङ सेन्टर र चेकजाँच
सुरक्षालाई थप बलियो बनाउन शैल्यशिखर नगरपालिकाका पनेबाज, उल्लानी र बगौरामा तीन स्थानमा होल्डिङ सेन्टर राखिने भएको छ। जसले गर्दा कुनै आपतकालिन परिस्थितिमा तत्काल मद्दत पुर्याउन सकिन्छ। साथै, मालिकार्जुन प्रहरी चौकीमा नागरिक सहायता कक्ष पनि स्थापना गरिएको छ, जहाँ भक्तजनहरू र यात्रुहरू आवश्यक पर्ने सहयोग प्राप्त गर्न सक्नेछन्।सुरक्षा अधिकारीहरूले चौतली चौराहा गेटबाट गाडी र मोटरसाइकल पार्किङ नगर्न निर्देशन दिएका छन्। यसका साथै, राति १२ बजे देखि बिहान ६ बजेसम्म कुनै पनि सवारी साधन चलाउन रोक लगाइएको छ। यस प्रतिबन्धको उद्देश्य जात्रामा सहभागी भक्तजनहरूको सुरक्षामा कुनै खलल नपरोस् भन्ने हो।
मदिरा पसलहरूमा दोहोरो चाबी
जात्रामा मदिरा विक्रीमा कडाइ गर्नका लागि शैल्यशिखर नगरपालिकाका वडा नम्बर ५ र ६ भित्र रहेका सबै मदिरा पसलहरूमा दोहोरो चाबी लगाइएको छ। यसले गर्दा मदिरा विक्रीको व्यवस्थालाई कडा नियन्त्रणमा राख्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।यसका साथै, सुरक्षा अधिकारीहरूले मदिरा र जुवासम्बन्धी गतिविधिहरूको निगरानीलाई प्राथमिकतामा राखेका छन्, ताकि जात्रामा कुनै प्रकारको अव्यवस्था र अशान्ति उत्पन्न नहोस्।
दार्चुलामा शान्तिपूर्ण जात्राको अपेक्षा
सार्वजनिक शान्ति र सुरक्षा कायम राख्नका लागि दार्चुला प्रशासन र सुरक्षा निकायहरूले गरेका यी सबै प्रबन्धहरू र कडा कदमहरूको उद्देश्य जात्रालाई शान्तिपूर्ण र मर्यादित बनाउनु हो। सुरक्षा अधिकारीहरूका अनुसार, जात्रामा ठूलो भीड हुने हुँदा कुनै पनि अप्रिय घटना नघटोस् भन्ने सुनिश्चित गर्न प्रत्येक सर्तमा कडा निगरानी राखिनेछ।"देश बिदेश बाट आएका भक्तजनहरुको लागि खाना र सुत्नको लागि उचित ब्यबस्थापन समेत गरिएको मालिकार्जुन मन्दिर ब्यबस्थापन समितिका सचिब जनक सिंह धामीले बताएका छन"।