सुर्खेत- दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दाङबाट सुर्खेततर्फ आउँदै गरेको रा१च १३१० नम्बरको जीप रत्न राजमार्गको झुप्रा नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा परी घोराही नगरपालिका-१३ का २८ वर्षीय चालक राजु विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो।
त्यस्तै लिवाङ्ग नगरपालिका-३ रोल्पाका १६ वर्षीय लोकेन्द्र सुनार घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए। जीप तरकारी ल्याएर सुर्खेततर्फ आइरहेको थियो। जीप सडकबाट अन्दाजी एक सय पचास मिटर तल खसेको प्रहरीले जनाएको छ।