शुक्रबार, भदौ ५, २०८३

एक साताको बेलायत भ्रमणपछि स्वदेश फर्किँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्।

स्कटल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा आज बिहीबार स्वदेश फर्किन लागेका हुन्। कतार एयरवेजको उडानबाट दोहा हुँदै आज बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।

सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए।

ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए। नेपालले २०४५ सम्म उत्सर्जन शून्यमा झार्ने सुनाएका थिए। जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरूले क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए।

सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए।

प्रकाशित: Nov 04, 2021| 07:57 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...