बुधबार, भदौ ३, २०८३

पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई राहत

धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँचजना बालिकाको परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

जनकपुरधाम- धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँचजना बालिकाको परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ। प्रदेश २का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले बुधबार राहत स्वरूप मृतकहरुको परिवारलाई प्रतिपरिवार एक/एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका वडा नम्बर-६ लक्ष्मीपुरस्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर गत जेठ २८ गते पाँचजना बालिकाको मृत्यु भएको थियो।

खेतमा खनिएको नयाँ पोखरीमा डुबेर पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतको १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेको १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरको  १२ वर्षीया नातिनी चादनी ठाकुर र उत्तिम साह तेलीको १२ वर्षीया छोरी ललिता साह तेलीको मृत्यु भएको थियो।

प्रकाशित: Nov 04, 2021| 07:18 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।