सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिग : सिटीले जित निकाल्यो, बराबरीमा रोकियो पीएसजी

च्याम्पियन्स लिग : सिटीले जित निकाल्यो, बराबरीमा रोकियो पीएसजी

च्याम्पियन्स लिगको उपाधि दाबेदार म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) दुवै समूह एमा छन्।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं- च्याम्पियन्स लिगको उपाधि दाबेदार म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) दुवै समूह एमा छन्।

समूहको शीर्षस्थानमा रहेको सिटीको ९ अंक छ भने दोस्रो स्थानमा रहेको पीएसजीको ८ अंक छ।

गएरातिको खेलमा सिटीले घरेलु मैदानमै क्लब ब्रुगविरुद्ध सानदार जित निकाल्यो। ४–१ गोलअन्तरको सानदार जित निकाल्दा फिल फोडेन, रियाद महरेज, रहिम स्टार्लिङ र ग्याब्रियल जिससले गोल गरे।

यता आरबी लाइप्जिकको मैदानमा भने पीएसजीले अग्रता जोगाउन सकेन। नेयमार, केलियन एम्बाप्पे र एन्जल डी मारियाको फरवार्ड लाइनका साथ मैदान उत्रिएको पीएसजीले अग्रता जोगाउन नसकेपछि बराबरीमा रोकिएको हो।

खेलमा एक गोलले पछि परेको अवस्थामा पीएसजीका लागि जोजिनियो वाइनाल्डुमले एक दुई गोल गरे।

यता लाइप्जिकका डोमिनिकले इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेपछि खेल २–२ गोलको बराबरी भएको हो। यो बराबरीपछि एक अंक जोडेको लाइप्जिक समूहको पुछारमा छ भन क्लब ब्रुग तेस्रो स्थानमा छ।

दुई खेल बाँकी रहँदा सिटी र पिएसजीबीच तालिकामा शीर्षस्थानका लागि भिडन्त चलिरहेको छ।

प्रकाशित: Nov 04, 2021| 08:21 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।