शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

उठेन जनकपुरधामको फोहोर, वडाध्यक्षहरूको आन्दोलन जारी

दीपावलीमा घर टोल सरसफाइ गर्ने गरिन्छ। तर, दीपावलीको पूर्वसन्ध्यामा पनि लाग्दैन जनकपुरधामलाई दीपावलीले छोएको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

जनकपुरधाम- दीपावलीमा घर टोल सरसफाइ गर्ने गरिन्छ। तर, दीपावलीको पूर्वसन्ध्यामा पनि लाग्दैन जनकपुरधामलाई दीपावलीले छोएको छ। जनकपुरधामका वडाध्यक्षहरूको संघर्षका बाबजुद  चोक-चोकमा फोहोरको डंगुर छ।

triton college

अन्य समयमा नभए पनि कम्तीमा दीपावलीमा सर्वसाधारणले विशेष सरसफाइ गर्ने गर्छन्। तर, उपमहानगरपालिकाले नगर सरसफाइ तर्फ चासो नै दिएको छैन। उपमहानगरपालिकाले सडकबाट फोहर नउठाएपछि दीपावलीमा समेत नगर दुर्गन्धित हुने भएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइको नाउमा लाखौं खर्च गरे पनि सरसफाइ भने हुने गरेको छैन। उपमहानगरपालिकासँग १ सय भन्दा बढी सफाइ कर्मचारी छन्।

उपमहानगरले फोहर नउठाएपछि केही दिन अगाडी मात्रै वडाध्यक्षले फोहर उठाएर नगर प्रमुख लालकिशोर साहको घर अगाडी थुपारेका थिए। त्यसपछि उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल र आन्दोलनरत्त वडाध्यक्षहरू बीच तीन दिन भित्र फोहर उठाउने सहमति भएको थियो। तर, सहमति भएको तीन दिन बितिसक्दा समेत फोहोर उठ्न सकेको छैन।

Metro Mart
vianet

उपमहानगरले आर्थिक वर्ष २०७६/७७ मा तिहार, छठ र विवाहपञ्चमीको लागि विशेष सरसफाइको नाउँमा २० लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई दिएको महालेखापरीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ।

जनकपुरधामकी उपप्रमुख रिताकुमारी मिश्रले नगरप्रमुखकै कारण जनकपुरधामको सरसफाइ हुन नसकेको आरोप लगाइन्।

यता नगरको फोहोर नउठेपछि वडाध्यक्षहरू कडा संघर्ष गर्ने चेतावनी दिएका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले फोहोर नउठेपछि एक चरण फेरी छलफल गर्ने योजना रहेको बताए। छलफलबाट पनि फोहोर उठाउने सम्बन्धमा निकास ननिस्के कडा संघर्ष गर्ने वडाध्यक्ष साहको चेतावनी छ।

प्रकाशित: Nov 04, 2021| 08:51 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।