बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णालीमा जनगणनाका लागि दुई हजार गणक र पाँच सय सुपरीवेक्षक खटाइँदै

कर्णालीमा जनगणनाका लागि दुई हजार गणक र पाँच सय सुपरीवेक्षक खटाइँदै

१२औं राष्ट्रिय जनगणनाका लागि कर्णालीमा प्रदेशमा दुई हजार भन्दाबढी गणक र झन्डै पाँच सय सुपरीवेक्षक खटाइने भएको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८

देव राना

देव राना

बिहीबार, कात्तिक १८, २०७८

सुर्खेत- १२औं राष्ट्रिय जनगणनाका लागि कर्णालीमा प्रदेशमा दुई हजार भन्दाबढी गणक र झन्डै पाँच सय सुपरिवेक्षक खटाइने भएको छ। आउँदो कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनामा प्रदेशभर दुई हजार दुई ३२ जना गणक र ४ सय ८० जना सुपरीवेक्षक खटिने प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ।

triton college

जसअनुसार सुर्खेतमा सबैभन्दा बढी अर्थात् ५ सय १८ गणक र १ सय १६ जना सुपरीवेक्षक खटिने छ।  वीरेन्द्रनगरमा २ सय ३ जना, भेरीगंगा ५८ जना, गुर्भाकोटमा ६० जना, लेकवेशीमा ३८ जना, चिङ्गाडमा १७ जना, सिम्तामा ३१ जना, बराहतालमा ३३ जना, पञ्चपुरीमा ४० जना र चौकुने गाउँपालिकामा २७ जना गणक खटाइने तयारी छ। त्यस्तै संस्थागत रूपमा थप ११ जना गणक खटिने छन्। ती ११ जना भने सुरक्षा निकायको जनगणना गर्नका लागि खटाइन लागिएको हो।

त्यस्तै दैलेखमा ३०९ जना गणक खटिने भएको छन्। जसअनुसार महावु गाउँपालिकामा २२ जना, नौमुलमा २१ जना, नारायण नगरपालिकामा ४८ जना, डुगेश्वर गाउँपालिकामा १८ जना र भवतिमाई गाउँपालिकामा २२ जना गणक खटाइने तयारी छ। त्यस्तै गुराँस गाउँपालिकामा २४ जना, दुल्लु नगरपालिकामा ४८ जना, भैरवी गाउँपालिकामा २५ जना, चामुन्डाविद्रासैनी नगरपालिकामा २७ जना, आठविस नगरपालिकामा ३२ जना र डाँटीकाँध गाउँपालिकामा २२ जना गणक खटाइने भएको छ।

त्यस्तै रुकुपश्चिममा २ सय ८० गणक र ५७ सुपरीवेक्षक, सल्यानमा २ सय ९१ गणक र ७३ जना सुपरीवेक्षक, मुगुमा ९० जना गणक र २० जना सुपरीवेक्षक, जुम्लामा ४१ जना सुपरीवेक्षक र १ सय ४८ जना गणक हुम्लामा २३ जना सुपरीवेक्षक र ८२ जना गणक, कालीकोटमा १ सय ९३ गणक र ५१ सुपरीवेक्षक, डोल्पामा ८१ जना गणक र १९ जना सुपरीवेक्षक र जाजरकोटमा ६४ सुपरीवेक्षक, दैलेखमा ३ सय ९ जना गणक र १६ जना सुपरीवेक्षक परिचालन गरिने प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख पोमनारायण पौडेलले जानकारी दिए। 

यही कात्तिक २५ गतेदेखि १५ गतेसम्म देशभर जनगणना हुँदैछ। मंसिर ९ गतेलाई भने सरकारले जनगणनाको मुख्य दिनका रूपमा लिइएको छ। संघीयतापछि पहिलो पटक गर्न लागिएको जनगणनालाई पूर्ण बनाउने प्रयास थालिएको छ। आमनागरिकको सामाजिक, आर्थिक र सांस्कृतिक विविधताको चित्रण गर्नको लागि प्राय सबै पक्षका प्रश्न समेटिएका छन्। जसका लागि विभिन्न प्रकृतिका ५५ वटा प्रश्न छन्। 

corrent noodles
Metro Mart

प्रत्येक दश–दश वर्षमा गरिने जनगणना यसअघि वि.सं. २०६८ मा गरिएको थियो। आगामी जनगणनापछि देशको कूल जनसंख्या तीन करोड पुग्ने आँकलन गरिएको छ। २०६८ मा गरिएको जनगणनामा देशको कूल जनसंख्या दुई करोड ६६ लाख २० हजार आठ सय ९ जना पुगेको थियो। 

दश वर्षको अवधिमा ३३ लाख ८० हजार बराबर वृद्धि भएको हुन सक्ने आँकलन गरिएको हो। नेपालमा वि.सं. १९६८ मा राष्ट्रिय जनगणना गर्दा कूल जनसंख्या ५६ लाख ३८ हजार ६ सय ४९ थियो। 

नेपालमा सर्वप्रथम विक्रम सम्बत् १९६८ देखि विधिवतरूपमा राष्ट्रिय जनगणना सुरु भएको थियो। तर, यस अगाडि प्रधानमन्त्री जंगबहादुर राणाले तीन वर्ष लगाएर नेपालको औपचारिकरुपमा जनगणना गराएको इतिहास छ। उनले वि.सं. १९१०, १९११ र १९१३ मा जनगणना गराएका थिए।

प्रकाशित: Nov 04, 2021| 11:30 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।