‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नवौं संस्करण बिहीबार सम्पन्न भएको छ। मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सव चार दिनसम्म भर्चुअल रुपमा सञ्चालन भएको थियो।
निर्वाचन आयोगले राजनीतिक दलको आय र व्ययको लेखा राख्ने ढाँचा स्वीकृत गरेको छ। राजनीतिक दलले गर्ने आम्दानी र खर्चलाई विभिन्न शीर्षकमा वर्गीकरण गरी आम्दानी र खर्चको लेखांकन तथा प्रतिवेदनको लागि...
राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरुको उपस्थितिमा भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र पारित गरेको छ।
शिक्षा तथा खेलकूद राज्यमन्त्री हुँदा उनले बोगटीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय सदस्य बनाएका थिए। कांग्रेसको केन्द्रीय राजनीतिमा सभापति देउवाका विश्वास पात्र मानिने नेताद्वय साउद र लेखक कञ्चनपुरमा आपसमै...
चितवनको जिल्ला अधिवेशन सार्ने गरी निर्वाचन समितिलाई सिफारिस गरिएको र सोही आधारमा निर्वाचन समितिले जिल्ला अधिवेशन स्थगन गरिएको कांग्रेस चितवनले जनाएको छ।
लुम्बिनी प्रदेशमा कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले १६ दिने अभियानको शुभारम्भ गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेका हुन्।
‘पार्टीको झण्डा उठाउन मान्छे नै नपाएपछि अहिले जनावरको हातमा पुगेको छ,’ सुर्खेतमा सञ्चारकर्मीहरुसँग नेपालले भने, ‘गैँडाले पार लगाउन सकेन भने अब बाँदरले एमालेको झण्डा उठाउनेछ।’
पार्टीको आसन्न एकता महाधिवेशनलाई भव्य र सफल बनाउन नेता तथा कार्यकर्ताबाट आएका सुझावलाई समावेश गरी विधानमा आवश्यक विषयवस्तु परिमार्जन गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए।
नारायणी अस्पतालमा बिहीबार कोरोनाविरुद्धको खोप लगाउन गएका वीरगन्जका अधिकांश विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले अस्पतालको इमर्जेन्सी शाखामा तोडफोड गरेका हुन्।
त्यस्तो हुन सकेन। सदस्यता विरण, नवीकरण र महाधिवेशन प्रतिनिधिको चयन पनि निष्पक्ष भएन। देशका विभिन्न भागहरुमा हाम्रो पार्टीको नीतिलाई नसुहाउने, अलोकतान्त्रिक क्रियाकलाप भए।