बुधबार, जेठ २०, २०८३

एमालेको झण्डा अब बाँदरले उठाउनेछ : माधव नेपाल

‘पार्टीको झण्डा उठाउन मान्छे नै नपाएपछि अहिले जनावरको हातमा पुगेको छ,’ सुर्खेतमा सञ्‍चारकर्मीहरुसँग नेपालले भने, ‘गैँडाले पार लगाउन सकेन भने अब बाँदरले एमालेको झण्डा उठाउनेछ।’
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

सुर्खेत- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको झण्डा अब बाँधरले उठाउने भन्दै कटाक्ष गरेका छन्। ‘पार्टीको झण्डा उठाउन मान्छे नै नपाएपछि अहिले जनावरको हातमा पुगेको छ,’ सुर्खेतमा सञ्‍चारकर्मीहरुसँग नेपालले भने, ‘गैँडाले पार लगाउन सकेन भने अब बाँदरले एमालेको झण्डा उठाउनेछ।’

National life

एमालेले दसौं महाधिवेशनमा पार्टीको झण्डा गैँडाले उचालेको छ। यही सन्दर्भमा कटाक्ष गर्दै उनले एमालेमा पार्टीको झण्डा बोक्ने मान्छे समेत नहुने दाबी गरेका हुन्।

एमाले कम्युनिष्ट पार्टी नभएको आरोप लगाउँदै उनले एमालेमा रहेका सम्पूर्ण कम्युनिष्ट नेता कार्यकर्ताहरु समाजवादीमा लामबद्ध भइसकेको दाबी गरे। 

‘एमाले त कम्युनिष्ट पार्टी नै रहेन,’ उनले भने, ‘अहिले देशभक्त कम्युनिष्टहरु समाजवादी लामबद्ध हुने लहर चलेको छ।’ समाजवादी एमालेबाट चोइटिएको कम्युनिष्ट आन्दोलनलाई जोगाउन विद्रोह गरेको उनको तर्क थियो।

समाजवादीले शुक्रबार आयोजना गर्न लागेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत आइपुगेका हुन्। 

Shivam cement

वीरेन्द्रनगरको कवर्डहलमा हुने कार्यक्रमलाई नेपालसहित समाजवादीका महासचिव वेदुराम भुषाल, उप–महासचिव प्रकाश ज्वालालगायतका नेताहरुले सम्बोधन गर्नेछन्।

प्रकाशित: Nov 25, 2021| 18:31 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।