शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशनमा कति आए महिला र उत्पीडित क्षेत्रका प्रतिनिधि?

महाधिवेशनमा आउने प्रतिनिधिहरूमध्ये ६२७ जना महिला प्रतिनिधि हुनेछन्। दलित उत्पीडित क्षेत्रबाट २०९ जना प्रतिनिधि आएको एमालेले जानकारी दिएको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- नेकपा एमालेले १०औँ महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि आउने भएका छन्। महाधिवेशनमा १०३ जना पर्यवेक्षकसमेत सहभागी हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन्। 

महाधिवेशनमा आउने प्रतिनिधिहरूमध्ये ६२७ जना महिला प्रतिनिधि हुनेछन्। दलित उत्पीडित क्षेत्रबाट २०९ जना प्रतिनिधि आएको एमालेले जानकारी दिएको छ। 

भट्टराईले नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी पूरा भएको बताएका हुन्। महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन पुगेका छन्। 

उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी ५ लाख जना सहभागी हुने एमालेको दाबी छ। सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिने भट्टराईले जानकारी दिए। 

कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने उनले जानकारी दिए। 

बन्दसत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम छ। महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए। 

११ गते बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने र बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए। १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने छ। सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने उनले बताए। मतदानकै दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए। 

प्रकाशित: Nov 25, 2021| 19:25 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...