शुक्रबार, भदौ ५, २०८३

सर्वोच्चमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने

सर्वोच्च अदालतमा यही मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं– सर्वोच्च अदालतमा यही मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूको फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो। 

गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागू गर्ने निर्णय गरेको हो। गोला प्रथाबाट पेशी तोकिने भएसँगै प्रधानन्यायाधीशले आफ्नो तजबिजमा पेशी तोक्ने अधिकार कटौती भएको छ। 

गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए। नेपाल बार एसोसीएसन भने प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन चर्काइरहेको छ। गोलप्रथा लागु हुँदैमा आन्दोलन नटुंगिने भन्दै जबराले राजीनामा दिनैपर्ने अडान बारले राख्दै आएको छ।

प्रकाशित: Nov 25, 2021| 17:03 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...