बुधबार, जेठ २०, २०८३

कैलालीको लम्कीमा प्रहरीद्वारा हवाई फायर

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्की सडकखण्डमा ट्रकको ठक्करबाट बिहीबार टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

धनगढी- पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्की सडकखण्डमा ट्रकको ठक्करबाट बिहीबार टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ। 

National life

उक्त सडकखण्डको मिनी मार्केटमा बिहीबार मध्याह्न ना२ख ९३७० नं को ट्रक मोड्ने क्रममा दिएको ठक्करबाट पैदलयात्री थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि आक्रोशित स्थानीय बासिन्दाद्वारा मध्याह्नदेखि अवरुद्ध पारिएको सडक साँझ प्रहरीले बल प्रयोग गरेर खुलाएको छ। 

  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले घटनापछि उत्पन्न तनावको स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रयोग र हवाई फायरसमेत गर्नुपरेको बताए। 

आक्रोशित स्थानीय बासिन्दाले ठक्कर दिने ट्रकका चालकमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने प्रदर्शनसहित राजमार्ग अवरुद्ध पार्नुका साथै ट्रकमा समेत तोडफोड र आगजनी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।   

घटनालगत्तैबाट उक्त सडकमा आवागमन बन्द हुँदा गन्तव्यतर्फ गइरहेका सयौँ सङ्ख्याका यातायातका साधन बीच बाटोमै रोकिएका थिए। साँझ शव उठाएर परीक्षणका लागि टीकापुर अस्पताल लगिएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Shivam cement

प्रकाशित: Nov 25, 2021| 20:53 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।