बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • नारायणी अस्पतालको इमर्जेन्सी शाखामा विधार्थीहरुद्वारा तोडफोड

नारायणी अस्पतालको इमर्जेन्सी शाखामा विधार्थीहरुद्वारा तोडफोड

नारायणी अस्पतालमा बिहीबार कोरोनाविरुद्धको खोप लगाउन गएका वीरगन्जका अधिकांश विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले अस्पतालको इमर्जेन्सी शाखामा तोडफोड गरेका हुन्।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

पर्सा-  कोरोना भाइरसविरुद्धको खोप लगाउन गएका विद्यार्थीहरुले वीरगन्‍जस्थित नारायणी अस्पतालको इमर्जेन्सी शाखामा तोडफोड गरेका छन्। नारायणी अस्पतालमा बिहीबार कोरोनाविरुद्धको खोप लगाउन गएका वीरगन्जका अधिकांश विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले अस्पतालको इमर्जेन्सी शाखामा तोडफोड गरेका हुन्।

National life

भ्याक्सिन दिन रोक लगाइएपछि विधार्थीहरु आक्रोशित भई ढुंगा हानी तोडफोड गरेको हो। विधार्थीहरुले चलाएको ढुंगामुडाले इमर्जेन्सी शाखाको सिसामा क्षति पुगेको छ। आक्रोशित विधार्थीहरुलाई नियन्त्रण गर्न प्रहरी समेत परिचालन गरेको छ। 

नारायणी अस्पतालका निमित्त प्रमुख डा. बिरेन्द्रबहादुर प्रधानले भिडभाड बढेपछि तत्काल भ्यकसिन दिन रोक लगाउँदा विधार्थीहरुले ढुंगामुडा गरेको प्रतिक्रिया दिएका छन्। 

विधार्थीहरुले कोभिडको स्वास्थ्य मापदण्ड मास्क, समाजिक दूरीलगायतका स्वास्थ्य मापदण्ड पूरा नगर्दा एक्कासी भिडभाड भएपछि स्वास्थ्य मापदण्ड पालना गराउन तत्काल भ्याक्सिन दिन रोक लगाएको बताए। 

प्रहरी र विद्यालयका शिक्षकहरुको सहयोगमा भिड नियन्त्रण गरी खोप लगाई संचालन गर्ने उनले बताए।

Shivam cement

प्रकाशित: Nov 25, 2021| 17:42 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।