शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशनका कारण चितवन कांग्रेसको अधिवेशन स्थगित

चितवनको जिल्ला अधिवेशन सार्ने गरी निर्वाचन समितिलाई सिफारिस गरिएको र सोही आधारमा निर्वाचन समितिले जिल्ला अधिवेशन स्थगन गरिएको कांग्रेस चितवनले जनाएको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

चितवन- नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ। नेपाली कांग्रेस चितवनको बैठकले सर्वसम्मतिबाट शुक्रबार र शनिबारका लागि तोकिएको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। 

चितवनको जिल्ला अधिवेशन सार्ने गरी निर्वाचन समितिलाई सिफारिस गरिएको र सोही आधारमा निर्वाचन समितिले जिल्ला अधिवेशन स्थगन गरिएको कांग्रेस चितवनले जनाएको छ।

मंसिर १० गते नेकपा एमालेको केन्द्रीय महाधिवेशनको उद्घाटन नारायणगढमा हुने भएका कारण कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको हो।

चितवन प्रशासनले बिहान १० देखि ३ बजेसम्म नगरमा यातायात प्रवेशमा रोक लगाएका कारण उम्मेदवारले मनोनयन दाखिला गर्न समस्या हुने भएकाले अधिवेशन स्थगित गर्नु परेको कांग्रेसले जनाएको छ।

प्रकाशित: Nov 25, 2021| 19:02 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...