आइतबार, असोज १४, २०८०

मानवअधिकार चलचित्र महोत्सवमा ‘जुलुंगो’ पुरस्कृत

‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नवौं संस्करण बिहीबार सम्पन्‍न भएको छ। मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सव चार दिनसम्म भर्चुअल रुपमा सञ्‍चालन भएको थियो।
 |  बिहीबार, मंसिर ९, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- ‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नवौं संस्करण बिहीबार सम्पन्‍न भएको छ। मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सव चार दिनसम्म भर्चुअल रुपमा सञ्‍चालन भएको थियो। 

sagarmatha cement

महोत्सवमा नेपाललगायत २४ देशका ४२ चलचित्र प्रदर्शन गरिएको थियो। महोत्सवमा प्रदर्शन भएका तीन विधाका तीन चलचित्रले पुरस्कार जितेका छन्। 

महोत्सवमा राजेशप्रसाद खत्रीको ‘जुलुङ्गो’, मिरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एन्जिला चौधरी र पुष्पा जोशीको ‘ललित’ ले उत्कृष्ट बन्दे पाँच सय अमेरिकी डलर पुरस्कार पाएका छन्।

जुलुंगो’ले फिक्सन तर्फबाट उकृष्ट, ‘नो स्कुल टुडे’ले उत्कृष्ट वृत्तचित्र र महिला फिल्मेकरतर्फको उत्कृष्ट चलचित्रका रुपमा ‘ललिता’ लाई पुरस्कृत गरिएको हो। महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जितले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए। 

महोत्सवको पहिलो गत सोमबार बिहान ७ बजेदेखि छनोट भएका चलचित्रहरू ‘मुभी डटकम’ वेबसाइटमा प्रदर्शन भएका थिए। महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, फिचरलगायत सबै विधाका चलचित्रहरु प्रर्दशन गरिएका थिए। 

महोत्सवको सहआयोजक राष्ट्रिय मानव अधिकार आयोग र नेपालका लागि क्यानाडाको राजदूतावास रहेको थियो। यस्तै महोत्सवका लागि युरोपियन युनियन, आईओएम, आइसिजे, प्लान इन्टरनेसनल, मोबाइल आर्ट फर पिसले सहयोग गरेका थिए। चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र सन्जालले महोत्सवलाई प्रबर्द्धन गरेका थिए। 

प्रकाशित: Nov 25, 2021| 20:58 बिहीबार, मंसिर ९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ।
सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

संविधानसभाध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्बाङको अकस्मात निधन भएपछि कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको हो। 
पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

क्षणभरमा पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो। यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ।
बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

कोइरालाले यस कथामा आफैंभित्र फुटेको र चिरिएको व्यक्तित्वको रुपमा पवित्रालाई उभ्याएका छन्।