मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस अधिवेशन : कञ्‍चनपुरमा 'कमब्याक'को तयारीमा बहादुरसिंह, को छन् प्रतिस्पर्धी?

कांग्रेस अधिवेशन : कञ्‍चनपुरमा 'कमब्याक'को तयारीमा बहादुरसिंह, को छन् प्रतिस्पर्धी?

शिक्षा तथा खेलकूद राज्यमन्त्री हुँदा उनले बोगटीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय सदस्य बनाएका थिए। कांग्रेसको केन्द्रीय राजनीतिमा सभापति देउवाका विश्वास पात्र मानिने नेताद्वय साउद र लेखक कञ्चनपुरमा आपसमै प्रतिष्पर्धा गर्दै आएका छन्।
 |  बिहीबार, मंसिर ९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा हुन गइरहेको जिल्ला अधिवेशनका लागि सभापतिका उम्मेदवार बहादुरसिंह थापाले प्यानल घोषणा गरेका छन्। 

triton college

सदरमुकाम महेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलन गरेर थापाले पदाधिकारीको प्यानल घोषणा गरेका हुन्। उनको प्यानलमा उपसभापतिमा हरिशचन्द्र राना र मीनबहादुर सिंह, सचिवमा भीमराज भट्ट र हेमराज ओझा छन्। यस्तै सहसचिवमा नाफुसिंह साउद र हरिप्रसाद अधिकारीलाई उम्मेदवार बनाइएको छ। 

संविधानसभा सदस्यसमेत रहेका थापाको प्यानललाई कांग्रेस केन्द्रीय सदस्य एनपी साउद र संविधानसभा सदस्य दिवानसिंह बिष्टको समर्थन छ। साउद र बिष्ट वडा अधिवेशनदेखि नै कञ्चनपुरमा सहकार्य गर्दै आएका छन्। 

संविधानसभा सदस्य थापा कांग्रेस कञ्चनपुरका पूर्वसभापति पनि हुन्। उनले २०५७ देखि २०७२ सम्म कांग्रेस कञ्‍चनपुरको नेतृत्व गरिसकेका छन्। जिल्ला नेतृत्वमा आउनु अघि थापा २०४७ सालदेखि दुई कार्यकाल क्षेत्रीय सभापति थिए।

कञ्चनपुरमा अर्का केन्द्रीय सदस्य रमेश लेखकको समर्थनमा पूर्वजिल्ला सचिव पदम बोगटी सभापतिका उम्मेदवार छन्। लेखकले अघि सारेका उम्मेदवार बोगटी कांग्रेस कञ्चनपुरको १५ वर्षसम्म सचिव भइसकेका नेता हुन्। 

National life insurance

उनी १३ औँ महाधिवेशनमा लेखक समूहबाट प्रतिष्पर्धामा उत्रिएका हरिप्रसाद बोहोरासँग सभापतिमा पराजित भएका थिए।  जिल्ला सभापति बोहरा कञ्चनपुर–२ मा सम्पन्‍न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि लेखकले साउदनिकट बोगटीलाई आफ्नो समूहमा भित्र्याएका हुन्। 

लेखकको समूह कञ्चनपुर–२ मा ‘क्लिन स्वीप’ भएको थियो। बोगटी नेता लेखकको प्रभाव रहेको कञ्चनपुर–३ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए। 

राजनीतिमा निष्ठावान नेताका रुपमा संविधानसभा सदस्य थापालाई नेता साउदले अघि सारेपछि लेखकले साउदनिकट सादगी जीवन र निष्कलंक छवि भएका बोगटीलाई उम्मेदवार बनाएका हुन्। 

बोगटीअघि उनले जिल्ला सचिव दिवाकर पाण्डेय र महाधिवेशन प्रतिनिधि खगेश्वर बोहरामध्ये एकजनालाई उम्मेदवार बनाउन चाहेका थिए। 

तर, दुबै जना संविधानसभा सदस्य थापासँग निर्वाचन जित्न नसक्ने मनस्थिति बनाएपछि नेता लेखकले साउदकै ‘प्रिय पात्र’लाई अघि सारेका हुन्। 

नेता लेखकले सभापतिको उम्मेदवारका रुपमा अघि सारेसँगै नेता साउद र बोगटीबीच चार दशक लामो सम्बन्ध चिसिएको छ। २०४८ सालमा पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय अध्यक्ष हुँदा साउदले बोगटीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। 

शिक्षा तथा खेलकूद राज्यमन्त्री हुँदा उनले बोगटीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय सदस्य बनाएका थिए। कांग्रेसको केन्द्रीय राजनीतिमा सभापति देउवाका विश्वास पात्र मानिने नेताद्वय साउद र लेखक कञ्चनपुरमा आपसमै प्रतिष्पर्धा गर्दै आएका छन्। 

१४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा अहिलेसम्म सम्पन्न भएका अधिवेशनमा पनि दुबै नेताहरु फरक–फरक समूह बनाएर आफूनिकट नेताहरुलाई चुनावी प्रतिष्पर्धामा उतारेका थिए। 

कञ्चनपुरमा संस्थापन इतर मानिने संविधानसभा सदस्य दिवान विष्टले वडा अधिवेशनदेखि नै नेता साउदलाई सघाउँदै आएका छन्। 

कांग्रेस बलियो बनाउन थापालाई अघि सार्‍यौं : साउद

उम्मेदवारी घोषणा सभामा केन्द्रीय सदस्य साउदले कञ्चनपुरमा बलियो रहँदै आएको कांग्रेस पछिल्लो समय कमजोर बन्दै गएपछि आफूले थापालाई अघि सारेको बताए। ‘गुटका आधारमा नभइ वार्ता, संवाद र छलफलबाट पार्टीलाई एकतावद्ध पार्न बहादुरसिंह थापाको खोजी भएको हो,’ उनले भने, ‘कञ्चनपुरमा कांग्रेसको झण्डा फहराउन बहादुर थापाको आवश्यकता देखियो।’

संविधानसभा सदस्य बिष्टले १३ औं महाधिवेशनपछि इतिहासमै कमजोर बन्न पुगेको पार्टीलाई सशक्त र सुदृढ बनाउन थापालाई सभापतिमा ‘कम ब्याक’ गराउनु परेको बताए।

उम्मेदवार थापाले कञ्चनपुरमा कांग्रेसलाई पुनर्स्थापना गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए। उनले पार्टीका सबै कार्यकर्ताको आग्रह नकार्न नसकेर आफू उम्मेदवार बनेको पनि जिकिर गरे। कञ्चनपुरमा कांग्रेसलाई एकतावद्ध र सुदृढ पार्न आफ्नो ‘कम ब्याक’ भएको थापाको भनाइ छ।


प्रकाशित: Nov 25, 2021| 19:06 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।