शुक्रबार, भदौ ५, २०८३

राप्रपाले पारित गर्‍यो सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरुको उपस्थितिमा भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र पारित गरेको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरुको उपस्थितिमा भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र पारित गरेको छ। 

यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुने राप्रपाको एकता महाधिवेशनको सन्दर्भमा बिहीबार बसेको बैठकले सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र पारित गरेको हो। 

बैठकमा अध्यक्ष पशुपति शम्शेर जबराले 'सामाजिक कार्यपत्र', अध्यक्ष कमल थापाले 'राजनीतिक कार्यपत्र' र अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले 'आर्थिक कार्यपत्र' प्रस्तुत गरेको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए।

उनका अनुसार विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाले प्रस्तुत गरेको विधान संशोधनसम्बन्धी मस्यौदा पनि परिमार्जनसहित पारित गरिएको छ।

त्यस्तै केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्‍नेतले निर्वाचन सम्बन्धी र कोषाध्यक्ष चन्द्र बहादुर गुरुङ्गले आयव्याय विवरण प्रस्तुत गरेका थिए। 

प्रकाशित: Nov 25, 2021| 19:45 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...