शनिबार, जेठ २, २०८३

विश्व निकेतन माविमा शिक्षामन्त्रीको आकस्मिक अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको अनुगमन गरेका छन्।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको अनुगमन गरेका छन्। बिहीबार दिउँसो कक्षा चलिरहेका बेला विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिन त्रिरपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा मन्त्री पौडेल पुगेका हुन्।

National life

विश्व निकेतन पुगेका मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न शिक्षकलाई निर्देशन दिएका थिए।

कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा ३ हजार ७ सय विद्यार्थी अध्ययनरत छन्। कक्षा सञ्चालन भइरहेका बेला मन्त्री पौडेलले प्रत्येक कक्षाकोठामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या के–के छन् भन्दै विद्यार्थीलाई सोधेका थिए। 

यसपछि उनले शिक्षकहरूसँग पनि प्रतिक्रिया लिएका थिए। ‘बुबाआमाको काख पछिको पाठशाला भनेको विद्यालय हो। देश निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलबाड गर्नुहुँदैन,’ उनले भने।

मन्त्री पौडेलले शिक्षक, तथा विद्यार्थीहरुले थप परिश्रम गरी नमुना विद्यालयको रुपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सार्वजनिक शिक्षा सुधारमा मन्त्रालयको केन्द्रित रहेको बताउँदै मन्त्री पौडेलले विद्यालयका शिक्षक, विद्यार्थीले गरेको भूमिकाले विद्यालय नमुना हुने बताए। 

एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका सोही विद्यालयका विद्यार्थी आशिष झालाई मन्त्री पौडेलले फोन गरेर बधाई पनि दिएका छन्। 'सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण तपाईंले दिनुभएको छ। शिक्षाको निम्ति आवश्यक पर्ने कुराहरुमा तपाईंलाई मन्त्रालयले सहयोग गर्छ,’ उनले झालाई भनेका थिए। 

कक्षा १२ सम्म पढाइ हुने विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाको पढाइ हुन्छ। साथै कक्षा ९ मा इलेक्ट्रिक इन्जिनियरिङ अध्यापन गराइने विद्यालयका प्रअ हेरम्बराज कँडेलले जानकारी दिए।

प्रकाशित: Nov 25, 2021| 18:40 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्