गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगको पत्र संविधानको भावना र मर्मविपरीत रहेको बताएका छन्। आयोगलाई यसको जवाफ राप्रापले लेखेर दिने लिङ्देनले बताइसकेका छन्।
कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो।
शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ। तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ।