झापा- झापाको बिर्तामोडमा कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ। इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार पश्चिम बस स्ट्याण्ड छेउमा कुकरमा तार जोडेको बम जस्तो शंकास्पद वस्तु फेला परेको हो।
नेपाली सेनाको टोलीले उक्त वस्तुलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ।
आइतबार बिहान उक्त शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बम जस्तो बस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन्।