आइतबार, साउन ३१, २०८३

जिल्ला अदालत बैतडीको अत्यावश्यक बाहेक सेवा बन्द

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

बैतडी- कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भीडभाड हुन नदिन अत्यावश्यक बाहेका सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ। बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउ पूर्जी जारी‚ अभियोग दर्ता, वयान र थुनछेकको काम सञ्चालन हुनेछ।

यस्तै‚ मुलुकी फौजदारी कार्यविधि संहितासम्बन्धी मुद्दा र मुद्दा फिर्ता, तामेलीलगायतका कार्य पनि गरिने जनाइएको छ। सजाय निर्धारणका लागि पेशी तोकिएका मुद्दाहरु नियमित सुनुवाइ गरिनेछ। यीबाहेकका अन्य सेवाहरु तत्कालका लागि बन्द भएका अदालतले जनाएको छ।

प्रकाशित: Jan 23, 2022| 10:15 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।