शनिबार, असोज १७, २०८३

सुनको भाउ घट्यो, आजको बजार मूल्य कति?

आइतबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो।

यस्तै, आज तेजाबी सुनको मूल्यसमेत तोलामा तीन रुपैयाँले नै घटेको छ। आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

चाँदीको मूल्य पनि गत शुक्रबारको मूल्यमा तोलामा १० रुपैयाँले घटेको छ। चाँदी आइतबार एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित: Jan 23, 2022| 11:09 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्