काठमाडौं- सर्लाहीको हरिवनमा तातो रक्सीले पोल्दा एक बालकको ज्यान गएको छ भने आमा घाइते भएकी छन्।
हरिवन नगरपालिका-८ बेताली निवासी मैया गुर्मछानका डेढ वर्षीय छोरोको तातो रक्सीमा डुबेर मृत्यु भएको हो।
शनिबार साँझ घरमै मदिरा बनाउने क्रममा बालक अचानक भर्खर आगोबाट निकालिएको तातो रक्सीको भाँडोमा परेका थिए। बालकलाई तत्कालै उपचारको लागि हरिवनस्थित नमुना अस्पताल लगिएको थियो।
उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एम्बुलेन्समा काठमाडौं लैजाने क्रममा दक्षिणकाली पुगेपछि बालकको मृत्यु भएको हो।
छोरालाई जोगाउने क्रममा अत्तालिँदा आमालाई पनि रक्सीले पालेको छ। उनको हातमा रक्सीले पोल्दा गहिरो चोट लागेको छ। बालकका बुवा रोजगारीको शिलशिलामा विदेश रहेका छन्।