काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोटमा पूर्व सैनिक मृत फेला परेका छन्। सोलुखुम्बुको लिखुपिके गाउँपालिका घर भई दुवाकोटमा बस्ने ३५ वर्षीय मोहन बस्नेत आइतबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
बस्नेत आफू बस्दै आएको टहरामा फलामको पाइपमा नाम्लोको पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए।
बस्नेतले केही महिनाअघि सेनाबाट अवकाश पाएका थिए। २०५९ मा सेनामा भर्ना भएका उनले युद्धमा खुट्टा गुमाएका थिए। बस्नेका परिवार भक्तपुरमा तरकारी खेती गर्छन्। उनको शव पोष्टमार्टमका लागी अस्पतालमा लगिएको छ।