बुटवल- दुई युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ को पिपरा बस्ने २० वर्षीय गणेश यादव र सोही ठाउँकै २६ वर्षीय सुवास यादवलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूमाथि २२ वर्षीया र १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।
दुई युवतीलाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको टोलीले उनीहरूको उद्दार गरेको थियो। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।