काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सबैतिर असफल टिप्पणी गरेका छन्। आइतबार ८ पृष्ठ लामो १५ बुँदे वक्तव्य जारी गर्दै ओलीले यो सरकार पूर्ण रुपमा असफल भएको बताएका हुन्।
देउवा नेतृत्वको सरकार आएपछि मुलुक गहिरो संकटतिर धकेलिँदै गएको ओलीको आरोप छ। सरकारको ६ महीनाको समक्षा गर्न एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्ने तय भएको थियो।
तर, ओलीलाई कोरोना भाइरसको संक्रमण भएपछि एमालेले पत्रकार सम्मेलन स्थगित गरेर प्रेस वक्तव्य जारी गरिएको छ। वक्तव्यमा शक्ति पृथकीकरण र राज्यका अंगहरूबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रा बाह्य सम्बन्ध र शान्ति-सुरक्षाको अवस्था लगायत प्रमुख पक्षहरू गम्भीर रुपले समस्याग्रस्त बनेको टिप्पणी गरिएको छ।
उनले देउवा सरकार आएदेखि अर्थतन्त्रमासमेत नकरात्मक प्रभाव परेको आरोप लगाएका छन्।