आइतबार, साउन ३१, २०८३

जीपमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु, तीन घाइते

ओखलढुङ्गामा गुडिरहेको बोलेरो जिपमाथि ढुंगा खस्दा तीन जनाको ज्यान गएको छ। घटनामा परी थप तीन जना घाइते भएका छन्।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं-  ओखलढुङ्गामा गुडिरहेको बोलेरो जिपमाथि ढुंगा खस्दा तीन जनाको ज्यान गएको छ। घटनामा परी थप तीन  जना घाइते भएका छन्।

सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा को१ज ३५६९ नम्बरको बोलेरोमा सवार तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षीय युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए। उनका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन्।

घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 23, 2022| 12:04 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।