सरकारले जनतालाई डेलिभर गर्ने मुख्य नीति बजेट हो। बजेट निर्माणमा बिचौलिया संलग्न भएको आरोप लागेर अर्थमन्त्रीले राजीनामा दिनुपरेको छ। उनीमाथि संसदीय विशेष समितिले छानबिन गरिरहेको छ।
राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन्।
शुक्रबारदेखि भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत (आठौँ तह) दुवै अध्ययनमा रहेकाले गाउँपालिकाले मन्त्रालयसँग चिकित्सक माग गरेको हो।
भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपचारका लागि भारतमै रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाबीच शनिबार बिहान भेट भएको छ।