सोमबार, साउन १८, २०८३

बैतडीबाट भारत हिँडेका युवकको अत्तरियामा शव फेला

बैतडीको सिगास गाउँपालिकास्थित वडानम्बर-४ पोटेऐनका ३९ वर्षीय पदमसिंह धामीको शव अत्तरियामा फेला परेको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

धनगढी- बैतडीको सिगास गाउँपालिकास्थित वडानम्बर-४ पोटेऐनका ३९ वर्षीय पदमसिंह धामीको शव अत्तरियामा फेला परेको छ। बिहीबार घरबाट भारतको दिल्ली जान्छु भनेर हिँडेका पदमको शव शुक्रबार अत्तरियामा फेला परेको हो।

बिहीबार घरबाट हिँडेका उनी त्यो दिन सिगास गाउँपलिका-२ स्थित गाजरीमा बसेका थिए। त्यसको भोलिपल्ट (शुक्रबार) उनी त्यहाँबाट डडेल्धुरा हुँदै अत्तरिया पुगेका थिए। उनी शुक्रबार कैलालीको अत्तरियामा मृत फेला परेका हुन्।

अत्तरियाको धनगढी रोडमा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शव अत्तरियास्थित सब डिभिजन वन कार्यालय नजिकै फेला परेको थियो। 

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Jul 17, 2022| 07:49 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।