आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डको सचिवालयले भन्यो- भारतमा आरजु राणासँग भएको अध्यक्षको भेटलाई गलत नियतले प्रचार गरियो

प्रचण्डको सचिवालयले भन्यो- भारतमा आरजु राणासँग भएको अध्यक्षको भेटलाई गलत नियतले प्रचार गरियो

भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपचारका लागि भारतमै रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाबीच शनिबार बिहान भेट भएको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपचारका लागि भारतमै रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाबीच शनिबार बिहान भेट भएको छ।

National life

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणा र प्रचण्डबीच भारतका लागि नेपाली राजदूतावासमा महामहिम शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा भेट भएको थियो। 

प्रचण्ड र राणाबीच भारतमा भेट भएको समाचार बाहिरिएसँगै विभिन्न टिकाटिप्पणी भएका थिए। ती टिकाटिप्पणीलाई लिएर प्रचण्डको सचिवालयले खण्डन गरेको छ। स्वभाविक भेटलाई गलत नियतका साथ प्रचार गरिएको भन्दै प्रचण्डको सचिवालयले आपत्ति जनाएको हो। 

प्रचण्डको सचिवालयले शनिबार राति विज्ञप्ति जारी गर्दै लेखेको छ, 'शनिबार बिहान भारतका लागि नेपाली राजदूतावासमा महामहिम शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहनुभएकी कांग्रेस नेतृ डा. आरजु राणा देउवासँग कमरेड अध्यक्ष (प्रचण्ड) को ब्रेकफास्टकै क्रममा सामूहिक भेट भएको हो। भेटको क्रममा कमरेड अध्यक्षले उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। यस विषयलाई लिएर केही मान्छेले गलत नियतका साथ घटिया तरिकाले गरेको टिप्पणीप्रती हाम्रो ध्यानाकर्षण भएको छ।'

कपितयले भारतमा प्रचण्ड र प्रधानमन्त्रीकी पत्नी आरजुबीचको भेटवार्तालाई राजनीतिक लेनदेनको रूपमा अथ्र्याउँदै आलोचना गरेका थिए। 

Shivam cement

'यस्ता प्रकारका अराजनीतिक र अनर्गल टिप्पणीलाई अध्यक्ष कमरेडको सचिवालयको तर्फबाट पूर्णतः खारेज गर्दछौं। कुनै पनि भ्रम नरहन समेत देश विदेशमा रहेका देशभक्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।

आफूहरूमा देश र जनताको हितबाहेक अरु कुनै स्वार्थ नरहेको कुरा विज्ञप्तिमा उल्लखे छ।

प्रकाशित: Jul 17, 2022| 08:26 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...