सोमबार, जेठ ४, २०८३

सडक दुर्घटनामा धनुषाका एक व्यापारीको मृत्यु

सडक दुर्घटनामा परी धनुषा ढल्केवरमा एक जना कपडा व्यापारीको मृत्यु भएको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

जनकपुरधाम- सडक दुर्घटनामा परी धनुषा ढल्केवरमा एक जना कपडा व्यापारीको मृत्यु भएको छ।

National life

दुर्घटनामा मिथिला नगरपालिका-६ ढल्केवरका ४५ वर्षीय शिवलाल यादव कपडा व्यापारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

शनिबार राति १० बजे जिल्लाको ढल्केवर–जनकपुर राजमार्गको मिथिला नगरपालिका-६ स्थित सडक खण्डमा गएराती  जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१ एआर ९७७० नम्बरको भारतीय नम्बरको जीपले सोही दिशाबाट आइरहेको ज९प ९४३५ नम्बरको मोटरसाइकल ठक्कर दिँदा दुर्घटना भएको हो।

पछाडिबाट तीव्र गतिमा आइरहेको भारतीय नम्बरको जीपका चालक बसही पुल नजिक आएर सन्तुलन गुमाएपछि जीप पल्टिएर यादव सवार मोटरसाइकलमाथि बजारिन पुगेको प्रहरीको भनाइ छ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा शनिबार राति साढे एघार बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

दुर्घटनामा संलग्न जीप र त्यसका चालक बिहार मधुबनी जिल्ला धजवा बस्ने ३६ वर्षीय मन्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jul 17, 2022| 10:31 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।