शनिबार, असोज १०, २०८३

आयात प्रतिबन्ध भदौ दोस्रो सातासम्म थपियो [सूचीसहित]

सरकारले सवारीसाधन, मोबाइललगायत १० वस्तुको आयात प्रतिबन्ध आगामी भदौ १४ गतेसम्मका लागि थप गरेको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं– सरकारले सवारीसाधन, मोबाइललगायत १० वस्तुको आयात प्रतिबन्ध आगामी भदौ १४ गतेसम्मका लागि थप गरेको छ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै डेढ महिना म्याद थप गरेको हो। 

यसअघि सरकारले वैशाखदेखि साउन १ गतेसम्म आयात प्रतिवन्ध लगाएको थियो। वैदेशिक मुद्रा सञ्चितिमा दबाब रहेको भन्दै सरकारले डेढ महिना आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो। 

सरकारले कुरकुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, स्मार्टफोन, रंगीन टेलिभिजन, जीप, कार र भ्यान, १५० सीसीमाथिमा मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासमा पूर्ण प्रतिबन्ध लगाएको राजपत्रमा उल्लेख छ।

प्रकाशित: Jul 17, 2022| 12:32 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्