सोमबार, जेठ ४, २०८३

निजामती कर्मचारीको बढेको तलब लागू, अब कसको कति?

आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै १५ प्रतिशतले बढेको निजामती कर्मचारीको तलब कार्यान्वयनमा आएको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै १५ प्रतिशतले बढेको निजामती कर्मचारीको तलब कार्यान्वयनमा आएको छ। 

National life

आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा निजामती कर्मचारीको १५ प्रतिशतले वृद्धि भएको थियो।

सरकारले महँगी भत्तालाई पनि निरन्तरता दिइएको थियो। वृद्धि भएको तलब साउन १ गतेदेखि लागू भएको हो। ​ 

निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षक, सरकारी स्वामित्वमा रहेका संस्थानका कर्मचारी यसबाट लाभान्वित हुने छन्।

अब मुख्यसचिवले ६७ हजार १४० बाट बढेको तलब ७७ हजार २११ पाउने भएका छन्। उता सचिवले ६२ हजार ६८० तलब रहेकोमा अब ७२ हजार ८२, सहसचिवले ४९ हजार ३८० बाट बढेको ५६ हजार ७८७ तलब पाउने भएका छन्।

उपसचिवले ४३ हजार ३८० रुपैयाँ हाल तलब रहेकोमा अब ४८ हजार ७३७ पाउने भएका छन्। शाखा अधिधृतको हालको तलब ३७ हजार ९९० रहेकोमा अब बढेको तलब ४३ हजार ६८९ पाउने भएका छन्।

उता नायव सुब्बाहरूले हाल ३० हजार तलब रहेकोमा अब ३४ हजार ७३० रुपैयाँ बढेको तलब पाउने भएका हुन्। खरिदारको तलब हाल २८ हजार ६१० रहेकोमा बढेको तलब ३२ हजार ९०२ र मुखियाको तलब २४ हजार १० रहेकोमा अब बढेको तलब २७ हजार ६१२ पाउने छन्।

प्रकाशित: Jul 17, 2022| 08:10 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।