शुक्रबार, मंसिर १२, २०८२

लुम्बिनी र राप्ती अस्पतालमा टिकट तथा बेड निःशुल्क

लुम्बिनी प्रदेशका २ अस्पतालमा आइतबार (साउन १) देखि टिकट र बेड नि:शुल्क हुने भएको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

बुटवल- लुम्बिनी प्रदेशका २ अस्पतालमा आइतबार (साउन १) देखि टिकट र बेड नि:शुल्क हुने भएको छ।

National life

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो। 

सोही घोषणा अनुसार लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क हुने भएको हो। 

ओपिडी र बेड निःशुल्क गर्न बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ। टिकट शुल्क नलाग्ने भए पनि बिरामीले टिकट काउन्टरबाट टिकट लिनुपर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए।

यस्तै आइतबारदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि  निःशुल्क हुने भएको छ। रगत नि:शुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको छ। 

Laxmi sunrise bank
kumari

सरकारले बजेटमा नि:शुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट छुट्टाएको छ। अस्पतालकातर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।  

अस्पतालमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा गएपछि पूर्णरुपमा  निःशुल्क रगत उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले बताए।

प्रकाशित: Jul 17, 2022| 10:39 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।