सोमबार, जेठ ४, २०८३

बाँकेको साक्षरता ९६.५६ प्रतिशत

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन्।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

नेपालगन्ज- बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन्।

National life

साक्षर घोषणा भएका मध्ये देशभरमा बाँके ६१औं जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११औं नम्बरमा पर्छ।

साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए। बाँकेलाई साक्षर जिल्लाका रूपमा घोषणा गर्न पाउँदा धेरै खुशी लागेको भन्दै मन्त्री अथकले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्ने बताए। 

'बाँकेलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न बाँकी छ', उनले भने, 'अझैं ३.४४ प्रतिशत साक्षर हुन बाँकी छन्, त्यसैले सम्बन्धित सबैलाई पूर्ण साक्षर अभियानमा लाग्न आग्रह गर्दछु।' उनले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै पालिकाले आवश्यक बजेट विनियोजन गरी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए। 

बाँकेका ८ वटै पालीकालाई साक्षर घोषणा गरीएसँगै जिल्लालाई साक्षर घोषणा गरीएको हो। शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार कोहलपुर नगरपालिका ९६.४२ प्रतिशतसहित जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको थियो। २०७६ सालमै साक्षर घोषणा भएको कोहलपुरले पुरस्कार स्वरुप ५० लाख रुपैया प्राप्त गरेको थियो। 

त्यसैगरी खजुराले ९६.९९ प्रतिशत, जानकीले ९८.६७ प्रतिशत, राप्तीसोनारीले ९५.११ प्रतिशत, नरैनापुरले ९६.१९, बैजनाथले ९७.५ प्रतिशत, नेपालगञ्जले ९८.३९ प्रतिशत र डुडुवाले ९६.२५ प्रतिशत प्राप्त गर्दै साक्षर पालिका घोषणा भएका थिए। बिभिन्न १२ वटा सूचकका आधारमा बाँकेका ८ वटा पालिकालाई साक्षर घोषणा गरीएको थियो। 

यसअघि एक युनिट रगतका लागि करिब ८ सय रुपैयां शुल्क लाग्ने गर्दथ्यो। लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको महासचिव पंगेनीले बताए। तर,चालू आर्थिक वर्ष २०७८/७९ का निशुल्क रगतका लागि छुटाइएको ४ करोड बजेट भने फ्रिज भएको छ।

प्रकाशित: Jul 17, 2022| 10:51 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।