शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घट्यो

नयाँ आर्थिक वर्ष सुरू भएको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- नयाँ आर्थिक वर्ष सुरू भएको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ।

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको हो।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ छ। असार ३१ गते छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ थियो।

सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार असार ३१ गतेको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ। यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ पुगेको छ। जुन, असार ३१ गते प्रतितोला ११ सय ४५ रुपैयाँ थियो।

प्रकाशित: Jul 17, 2022| 11:37 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्