सोमबार, साउन २५, २०८३

भारत भ्रमणमा रहेका प्रचण्डले आज मोदीलाई भेट्ने

शुक्रबारदेखि भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- शुक्रबारदेखि भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रचण्डको सचिवालयका अनुसार उनको आज मोदीसँग भेट्ने कार्यतालिका रहेको छ। तर, समय भने तय भइनसकेको बताइएको छ।

यस्तै प्रचण्ड आजै भारतीय जनता पार्टी (भाजपा) मुख्यालय पुग्ने छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड भारतीय जनता पार्टी (भाजपा)कै अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन्। 

यसअघि शनिबार उनीसँग भारतका विदेशमन्त्री जयशंकरलगायतले भेटवार्ता गरेका थिए। 

भारत भ्रमण सकेर प्रचण्ड आइतबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: Jul 17, 2022| 09:03 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...