आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनकपुरमा एक करोड बराबरको मेडिकल उपकरण बरामद, तीन भारतीय नागरिक पक्राउ

जनकपुरमा एक करोड बराबरको मेडिकल उपकरण बरामद, तीन भारतीय नागरिक पक्राउ

जनकपुरधाममा अवैध रुपमा मेडिकल उपकरणको कोरोबार गरिरहेका तीन भारतीय नागरिक पक्राउ परेका छन्।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- जनकपुरधाममा अवैध रुपमा मेडिकल उपकरणको कोरोबार गरिरहेका तीन भारतीय नागरिक पक्राउ परेका छन्।

National life

भारतीय नागरिकले पाँच वर्षदेखि अवैध रूपमा मेडिकल उपकरणको कारोबार गरिरहेको सूचनाका आभारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। धनुषा प्रहरीले जनकपुरधाम-९ संकटमोचन मन्दिरस्थित एक घरमा उक्त सामान बरामद गरेको हो।

स्थानीय विनय झाको घरबाट भन्सार छली तथा चोरी निकासी गरी ल्याएको एक करोड मूल्य बराबरको मेडिकल उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।

झाको घरमा कोठा भाडामा लिई बसेका भारत बिहारको मधुवनी थाना जयनगर २ बस्ने ५२ वर्षीय विपीनकुमार सिंहले भन्सार छली तथा चोरी निकासी गरि ल्याएका १ करोड मूल्य बराबरको मेडिकल उपकरण बरामद गरेको धनुषा प्रहरीले जनाएको छ। 

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक दीपककुमार रायको नेतृत्वमा खटिएको टोलीले उक्त मेडिकलसम्बन्धी उपकरण बरामद गरेको हो।

Shivam cement

सामान ओसार्ने बीआर ०१ पीके ६६६६ नम्बरको स्कार्पिओ गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा व्यवसायी विपीनकुमार सिंह, जिल्ला छपरा दाउदपुर थाना बस्ने ६० वर्षीय शंकर सिंह र पटना हरनोट सिर्सिया थाना बस्ने वर्ष २३ का सुरज सिंह रहेको धनुषा प्रहरीले जनाएको छ।

मेडिकल उपकरणसहित तीनै जनालाई कारबाहीका लागि जनकपुर भन्सार कार्यालयको जिम्मा लगाइएको छ।

प्रकाशित: Jul 17, 2022| 12:00 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...